• Monday 27th of July 2026

भारतमा भारी बर्षाका कारण पाँचको मृत्यु, कैयौं घरमा क्षति


  • गोकर्णेश्वर अनलाइन

२३ कात्तिक (रासस÷एएनआई) : भारतको तामिल नाडु राज्यमा आएको भारी वर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घरमा क्षति पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार वर्षाका कारण तामिल नाडु राज्यका ५३८ ओटा घरमा क्षति पुगेको हो
प्रदेशको प्रकोप व्यवस्थापन मन्त्री केकेएसएसआर रामचन्द्रनले वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

तामिल नाडु राज्यमा औसतमा पछिल्लो एक दिनमा १६.८४ मिलिमिटर वर्षा परेको मौसम विभागले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा सैनिकसहित उद्धारकर्ताहरुले उद्धारको कार्य गरेको पनि मन्त्री रामचन्द्रनले जानकारी दिनुभयो । मौसम विभागले यही नोभेम्बर १० देखि १३ तारिखकोबीचमा पनि तामिल नाडुमा अर्को ठूलो वर्षा हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology