• Monday 27th of July 2026

श्रीलंकामा यसवर्ष एक लाख पर्यटक पुगे


  • गोकर्णेश्वर अनलाइन

१४ मङ्सिर (रासस÷सिन्ह्वा) : श्रीलंकामा यसवर्षको सुरुदेखि अहिलेम्म कम्तीमा पनि एक लाख पर्यटक पुगेका बताइएको छ । प्राप्त समाचारमा यहाँ यस वर्षको अहिलसम्म १ लाख १ हजार भन्दा केही बढी पर्यटक पुगेका छन् ।यहाँका अधिकारीहरुले दिएको समाचारअनुसार श्रीलंकामा यस वर्ष विस्तारै विदेशी पर्यटकहरु बढ्न थालेका छन् । कोभिड १९ का कारणले यहाँ पर्यटकहरु नपुगेका बताइएको छ ।

तर यो नोभेम्बर महिनामा मात्र यहाँ ४१ हजार १७७ जना पर्यटक पुगेका छन् । यो समेत गरी यहाँ यस वर्ष पुगेका पर्यटकको संख्या एक लाख नाघेको हो ।यहाँ आएका यी पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् । भारतबाट मात्र यहाँ धेरै पर्यटकहरु आउने गरेकामा अहिले पछिल्लो समयमा कोभिडका कारण यहाँको सिंगो पर्यटन उद्योग नै प्रभावित भएको छ ।

श्रीलंकाका ४० लाखभन्दा बाढी मानिस पर्यटन उद्योगमा आश्रित रहेका छन् । यसबाट यहाँका बहुसंख्यक मानिसहरु लाभान्ति हुने गरेकामा अहिले कोभिडले गर्दा धेरै समस्या भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology