• Monday 27th of July 2026

भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड ४६ लाख ६ हजार ५४१ पुग्यो


  • गोकर्णेश्वर अनलाइन

१६ मङ्सिर (रासस÷सिन्ह्वा) : भारतमा हिजो बुधबार नौ हजार ७६५ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६ हजार ५४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
बुधबार कोरोना सङ्क्रमणबाट ४७७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ६९ हजार ७२४ पुगेको छ । भारतमा अझै पनि ९९ हजार ७६३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।

गएको २४ घण्टामा भारतमा आठ हजार ५४८ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ३७ हजार ५४ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology