• Monday 27th of July 2026

बंगलादेशमा पनि भेटियो ओमिक्रोन भाइरस


  • गोकर्णेश्वर अनलाइन

२६ मङ्सिर (रासस÷सिन्ह्वा) : बंगलादेशमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फेला परेको छ । शनिबार यहाँको सरकारले नयाँ भेरियन्टका सङ्क्रमित भेटिएका जनाएको छ । यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार सो कुराका जानकारी दिनुभएको हो । उहाँले दुई जनामा यो सङ्क्रमण पाइएको जानकरी दिनुभयो ।

उहाँका अनुसार यहाँको क्रिकेट टिमका २ जना क्रिकेटरमा सो सङ्क्रमण भेटिएको जनाएको छ । स्वास्थ्यमन्त्री मलेकले ती दुई जना खेलाडी हालै जिम्बावेबाट आएका थिए । उनीहरुको स्वास्थ्य परीक्षणका क्रममा सो भेरियन्ट देखिएको बताइएको हो । यसअघि भारतका नयाँ दिल्ली र कर्नाटक राज्यका केही नागरिकमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको थियो ।

भारतमा सुरुका भेटिएका सङ्क्रमित ती व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु रहेको बताइएको थियो । यो ओमिक्रोन भेरियन्ट विश्वका कैयौँ मुलुकमा फैलिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology