• Monday 27th of July 2026

अमेरिकाको कोलोराडोमा गोली चल्दा पाँच जनाको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा सोमबार भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित पाँच जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएका छन्।
प्रहरीका अनुसार संदिग्ध व्यक्तिले डेनभर र लेकवुड, कोलोराडोका कम्तिमा सात विभिन्न स्थानहरूमा बन्दुक चलाएको थियो। डेनभरका प्रहरी प्रमुख पॉल पाजेनले पत्रकार सम्मेलनमा बताए अनुसार गोली हानाहान साँझ ५ बजेतिर शुरु भएको थियो। घटनामा दुई वयस्क महिलाको मृत्यु भएको छ भने एक वयस्क पुरुष घाइते भएका छन् । पहिलो गोलीबारी घटनाको केही समयपछि, १२ औं एभिन्यू र विलियामा एक वयस्क पुरुषलाई गोली हानी मारिएको थियो। डेनभर प्रहरीले शंकास्पद गाडी देखेपछि खोजी शुरु गरेको थियो।
लेकवुड पुलिसका सार्वजनिक सूचना अधिकारी जोन रोमेरोले जनाएअनुसार लेकवुड पुलिस विभागका एजेन्टहरूले संदिग्धको कार डेनभरबाट भागेको केही समयपछि पहिचान गरेका थिए। घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।
गोली प्रहारबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology