• Monday 27th of July 2026

अमेरिकासँग ‘प्रभावकारी वार्ता’ हुनेमा आफू विश्वस्त : पुटिन


  • गोकर्णेश्वर अनलाइन

युक्रेनबारे तनाव बढ्दै जाँदा रूस र संयुक्त राज्य अमेरिकाबीच बिहीबार थप सम्वाद हुने भएको छ ।

दुई मुलुकका नेताबीच टेलिफोन वार्ता हुनुभन्दा केही घण्टा पहिले मस्को र वासिङटनबीच ‘प्रभावकारी वार्ता’ सम्भव छ भन्नेमा आफू ‘विश्वस्त’ रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताउनुभएको हो ।

युक्रेनसँगको सीमामा मस्कोको सैन्य गतिविधि कम गर्ने नवीनतम प्रयासमा पुटिन र बाइडेनबीच एक महिना पनि नबित्दै दोस्रो टेलिफोन वार्ता तय भएको हो ।

“म विश्वस्त छु कि हामी आपसी सम्मान र एक अर्काको राष्ट्रिय हितको विचारका आधारमा एक प्रभावकारी रूसी–अमेरिकी वार्ता गर्न सक्छौं,” विश्व नेताहरूलाई क्रिसमस विदामा सकारात्मक सन्देश दिँदै रूसी नेता पुटिनले भनेको क्रेमलिन जनाएको छ ।

एक वरिष्ठ अमेरिकी प्रशासन अधिकारीले संवाददाताहरूसँग भन्नुभयो, “हामी कूटनीति र कूटनीतिक मार्ग अगाडी बढाउनका लागि तयार छौं ।”

यदि रूस युक्रेनमा थप आक्रमणका साथ अघि बढ्यो भने विश्व समुदायले उचित प्रतिक्रिया दिन तयार रहने कुरा वार्तामा बाइडेनले पुटिनलाई बताउने अमेरिकी अधिकारीले बताएका छन् ।

यो फोनवार्ता जनवरी १० मा जेनेभामा रूस र संयुक्त राज्य अमेरिकाबीचको वार्ता पहिले हुनेछ ।

वासिङटनले पूर्व सोभियत राज्य युक्रेन नजिकै रुसी सेनाको चलखेलले चिन्ता बढाएको छ । मस्कोले यस आरोपलाई अस्वीकार गरेको छ र पश्चिमले यस महिनाको सुरुतिर प्रस्तुत गरेको व्यापक सुरक्षा मागहरूमा रूस सहमत हुने आशा गरेको बताएको छ ।

रूसी अधिकारीले बताए अनुसार उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)ले नयाँ सदस्यहरू स्वीकार्नु नहुने र संयुक्त राज्य अमेरिकाले पूर्व सोभियत राज्यमा नयाँ सैन्य आधारहरू स्थापना गर्न नहुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology