• Tuesday 28th of July 2026

कञ्चनपुरको जनसङ्ख्या एक दशमलव ३२ प्रतिशतले वृद्धि


  • गोकर्णेश्वर अनलाइन

पछिल्लो १० वर्षमा कञ्चनपुरको जनसङ्ख्या एक दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ ।

कञ्चनपुरको जनसङ्ख्या २०६८ सालभन्दा २०७८ मा एक दशमलव ३२ प्रतिशतले वृद्धि भएको हो । विसं २०६८ मा चार लाख ५१ हजार २४८ रहेको कञ्चनपुरको जनसङ्ख्या विसं २०७८ मा पाँच लाख १७ हजार ६४५ पुगेको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना—२०७८ को प्रारम्भिक तथ्याङ्कले देखाएको छ । तीमध्ये दुई लाख ४३ हजार ५९८ पुरुष र दुई लाख ७४ हजार ४७ महिला रहेका छन् ।

राष्ट्रिय जनगणना—२०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार कञ्चनपुरमा लैङ्गिक अनुपात ८८ दशमलव ८९ प्रतिशत रहेको छ भने परिवारको औषत आकार ४ दशमलव ६३ प्रतिशत, जनघनत्व ३२२ र अनुपस्थित जनसङ्ख्या ६६ हजार ७८ (३ दशमलव ०५) रहेको छ । सबैभन्दा बढी जनसङ्ख्या भीमदत्त नगरपालिकामा एक लाख २३ हजार ३१६ रहेको छ । तीमध्ये ५९ हजार ४०० पुरुष र ६३ हजार ९१६ महिला रहेका छन् । सबैभन्दा कम जनसङ्ख्या बेलडाँडी गाउँपालिकामा नौ हजार ९३९ पुरुष र १२ हजार १०२ महिला गरी कूल २२ हजार ४१ रहेको छ ।

यसैगरी कृष्णपुर नगरपालिकाको जनसङ्ख्या ७२ हजार ५०१ रहेको छ । तीमध्ये ३४ हजार ३४७ पुरुष र ३८ हजार १५४ महिला रहेका छन् । पुनर्वास नगरपालिकाको जनसङ्ख्या ६१ हजार ६२८ रहेको छ । तीमध्ये २८ हजार २८६ पुरुष र ३३ हजार ३४२ महिला रहेका छन् । बेदकोट नगरपालिकाको २७ हजार ५५ पुरुष र ३१ हजार १९५ महिला गरी कूल ५८ हजार २५० जनसङ्ख्या रहेको छ ।

शुक्लाफाँटा नगरपालिकाको जनसङ्ख्या ५४ हजार ३७९ पुगेको छ । तीमध्ये २४ हजार ९४८ पुरुष र २९ हजार ४३१ महिला रहेका छन् । बेलौरी नगरपालिकाको जनसङ्ख्या ५३ हजार ९१८ रहेको छ । तीमध्ये २५ हजार ५२६ पुरुष र २८ हजार ३९२ महिला रहेका छन् । दोधाराचाँदनी नगरपालिकाको १९ हजार २५४ पुरुष र २४ हजार २३२ महिला गरी कूल ४३ हजार ४८६ जनसङ्ख्या पुगेको छ । लालझाडी गाउँपालिकाको जनसङ्ख्या २५ हजार २७१ पुगेको छ । तीमध्ये १२ हजार २८२ पुरुष र १२ हजार ९८९ महिला रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology