• Monday 27th of July 2026

अफगानिस्तानलाई मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर प्राप्त


  • गोकर्णेश्वर अनलाइन

२६ माघ (रासस÷सिन्ह्वा) : अफगानिस्तानले मंगलबार मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ ।
अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । अफगानिस्तानमा तालिबानी शासन सुरु भएपछि यहाँ विदेशी दाता संस्था तथा देशहरुले सहयोग गरिरहेका छन् ।

अफगानिस्तानलाई खाद्यान्न औषधि तथा अन्य आवश्यक सहयोग जारी रहेको र मंगलबार मात्र ३ करोड २० लाख अमेरिकी डलर बराबरको रकम सहयोग प्राप्त भएको सो बैंकले जानकारी दिएको छ ।
अफगानिस्तानका लागि विभिन्न देश र संस्थाहरुले सहयोग गरिरहेकामा मंगलबार पनि सो सहयोग आएको यहाँको केन्द्रीय बैंक एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ । सो बैंकले उक्त सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology