• Monday 27th of July 2026

भारतमा ३० हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

४ फागुन (रासस÷ सिन्ह्वा) : भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ६१५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बुधबार बिहान जानकारी दिएका छन् ।यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरुभएयता हालसम्म चार करोड २७ लाख २३ हजार ५५८ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ८२ हजार ९८८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड १८ लाख ४३ हजार ४४६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अधिकारीहरुका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख ७० हजार २४० रहेको छ । गत २४ घण्टामा मात्र ५२ जना ८८७ जना सक्रिय सङ्क्रमित घटेका पनि समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ५१४ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन । यससँगै भारतमा कोरोना सङ्त्रमणको कारण हालसम्म पाँच लाख ९ हजार ८२७ जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology