• Monday 27th of July 2026

सवारी साधन दुर्घटनामा एकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–५ को क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको आज उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान हेटौँडा–८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना.६३प ७४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा–१५ फायरलाइन बस्ने २५ वर्षीय विक्रम वाइवाको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो

तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।मोटरसाइकलमा सवार सोही स्थानका ३१ वर्षीय रमेश वल घाइते भएकाले सोही अस्पतालमा उनको सोही अस्पतालमा उपचार भइरहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology