• Monday 27th of July 2026

गाउँपालिकाले सुरु ग-यो एम्बुलेन्स सेवा


  • गोकर्णेश्वर अनलाइन

बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा सुरु गरेको छ । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो ।

गाउँपालिकावासीले आपतकालीन अवस्थामा गम्भीर बिरामी हुँदा व्यहोर्नुपर्ने समस्याबाट मुक्ति पाउन भनेर गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको उल्लेख गर्दै कार्यवाहक अध्यक्ष धितालले भन्नुभयो, “अब नागरिकले सजिलै एम्बुलेन्स सेवा पाउनेछन् ।” प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले एम्बुलेन्समार्फत स्थानीयलाई सहजरुपमा सेवा दिइने उल्लेख गर्नुभयो ।

अहिले गाउँपालिकाका स्थानीय नागरिक अन्य संस्थाले सञ्चालन गरेका एम्बुलेन्स र निजी गाडी महङ्गोमा भाडामा लिएर सेवा लिन बाध्य भएकोमा अब त्यस्तो बाध्यता नरहने उहाँको भनाइ छ । गाउँपालिकाले नेपाल सरकारको राजस्व छुट गरेर गाडी खरिद गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिनुभयो ।

गरिब, विपन्न, अपाङ्गता, ज्येष्ठ नागरिकलगायत जटिल अवस्थामा रहेका स्थानीयवासीको स्वास्थ्यलाई ध्यान दिएर गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology