• Saturday 25th of July 2026

प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभलको भब्य उत्घाटन समारोह सम्पन्न


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन। कगेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा रहेको प्रारम्भ एकेडमीले आफ्नो “स्पोर्ट्स कार्निभल २०७८” को भब्य रूपमा शुभारम्भ गरेको छ । काठमाडौ प्याब्सनका अध्यक्ष प्रेम राइको प्रमुख आतिथ्यतामा सम्प्नन भएको कार्यक्रमको सभापतित्व विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो।

बेलुन उडाएर सुरुवात गरिएको कार्यक्रममा खेल सम्बन्धि नाच-गान, मार्चपास,परेड प्रस्तुत गरिएको थियोे भने स्काउटका विद्यार्थीहरूले स्काउट सम्बन्धि विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

आजबाट सुरू भएको स्पोर्ट्स कार्निभल फाल्गुन २७ गतेसम्म चल्नेछ । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न ९८ वटा बिधामा भाग लिनेछ्न । कार्यक्रमका बिजेताहरूलाई मेडल,ट्रफी तथा नगद पुरस्कारले सम्मानित गरिनेछ ।

विद्यार्थीहरूको सर्वाङिण विकासका लागि प्रारम्भ एकेडेमीले यस्ता कार्यक्रमहरु हरेक वर्ष गर्दै आइरहेको र गरिरहने कुरा प्रधानाध्यापक कृष्ण गौतमले गोकर्णेश्वर अनलाइनलाई बताउनु भयो ।

विद्यार्थी जीवनमा खेलकुद अत्यन्तै महत्त्वपूर्ण रहेको तथा खेलको माध्यमबाट विद्यार्थीहरूलाइ अनुशासित बनाउन सघाउ पुर्याउने भएकालेे यस्ता क्रियाकलापहरू हरेक विद्यालयमा सन्चालन हुनुपर्ने कुरा विद्यालयका एकेडेमीक  डाइरेक्टर राजेश घिमिरेले बताए  ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology