• Monday 27th of July 2026

नेप्सेमा उच्च अङ्कको वृद्धि


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज धेरै दिनपछि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५२.३१ अङ्कले उकालो लागेर दुई हजार ५६६.९० मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अङ्कले उकालो लागेर ४९३.५३ मा पुगेको छ ।

कूल २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर रु दुई अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहकै शेयर उकालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ १६.४९, व्यापार ६०.५३, होटल तथा पर्यटन ४२.४४, विकास बैंक २०२.९१, जलविद्युत् १२४.४२, वित्त १०२.७८, निर्जीवन बीमा २४८.१, उत्पादन १२७.२, अन्य ०.८६, लघुवित्त ९७.४, जीवन बीमा ३७२.७९, सामूहिक लगानी कोष ०.२२ र लगानी ३.४१ अङ्कले उकालो लागेको छ ।

शेयर कारोबार हुने साताको अन्तिम दिन बजार पूँजीकरण रु ३६ खर्ब ३७ अर्ब ५३ करोड ९९ लाख ६७ हजार ५२४ बराबर पुगेको छ । कारोबारका आधारमा अपिपावर शीर्षस्थानमा छ । सो कम्पनीको रु १६ करोड ६५ लाख २९ हजार ९६६ बराबरको कारोबार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड १२ लाख ५६ हजार २२३, एनआइसी एशिया बैंक रु १२ करोड ४६ लाख ११ हजार ५७५, अरुण भ्याली हाइड्रोपावर रु ११ करोड ८६ लाख ७४ हजार ९८८ र हिमालयन डिस्टिलरी रु नौ करोड एक लाख ९३ हजार ८९० बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

नेप्सेका अनुसार इमर्जिङ नेपाल लिमिटेड ९.९८, कर्णाली डेभलपमेन्ट बैंक ८.८९, नेपाल हाइड्रो डेभलपर्स ८.६५, प्रोगेसिभ फाइनान्स ८.५३ र ज्योति विकास बैंकका लगानीकर्ताले ८.४७ प्रतिशतले कमाए । यस्तै माउण्टेन इनर्जी ३.०८, नेपाल दूरसञ्चार कम्पनी २.०२, बोटलर्स नेपाल तराई १.८३, आइसिएफसी फाइनान्सको ऋणपत्र १.३६ र गुडविल फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.३६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology