• Sunday 26th of July 2026

भारतमा कोरोनाभाइरसबाट थप दुई हजार ५०३ सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

१ चैत (रासस÷एएनआई) : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै क्रम जारी रहेको भएतापनि आइतबार तुलानामा ६५ जना सङ्क्रमित सोमबार बढेको बताइएको छ । भारतमा पछिल्लो २४ घन्टामा थप दुई हजार ५६८ सङ्क्र्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा हालसम्म कूल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड २९ लाख ९६ हजार ६२ रहेको समाचारमा जनाइएको छ ।

भारतमा कोरोनाभाइरस सङ्क्रमणको अहिलेसम्म पाँच लाख १५ हजार ९७४ व्यक्तिको मृत्यु भएको छ । तीमध्ये ९७ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो । योसँगै भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या भने ३३ हजार ९१७ रहेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितको ०.८ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार ७२२ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ४६ हजार १७१ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८.७२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

गत सोमबार एकै दिनमा भारतमा सात लाख ७७३ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना शुरु भएबाट हालसम्म करिब ७८ करोड व्यक्तिको कोरोना परीक्षण भइसकेको छ । भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८२ करोड ८४ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology