• Monday 27th of July 2026

नयाँ वर्षमा गोकर्णेश्वरमा कविता प्रतियोगिता


  • गोकर्णेश्वर अनलाइन

आगामी नयाँ वर्ष २०७९ को अवसरमा गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय हाँस्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख सन्तोष चालिसेले संविधान, नियम, कानुनको परिधिभित्र रही कसैको चरित्र हत्या नहुने गरी समसामयिक विषयमा लेखिएका कवितालाई प्रतियोगितामा समावेश गरिने जानकारी दिनुभयो । कविता २०० शब्दमा नबढाइ लेख्नुपर्ने नगरपालिकाले जनाएको छ । कविता यसअघि कतै प्रकाशित एवं वाचन नगरिएको हुनुपर्ने छ ।

यही चैत १० गतेभित्र नगरपालिकाको शिक्षा शाखामा आइपुग्ने गरी कविता पठाउन यसअघि सूचना जारी गरिएको छ । इमेलबाट समेत कविता पठाउन सकिने छ । प्राप्त रचनालाई विज्ञ समूहले मूल्याङ्कन गरी प्रतियोगितामा वाचनका लागि छनोट गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतियोगिता चैत १८ गते नगरपालिकाको वडा नं. ९ स्थित आरुबारी चोकमा गरिने छ । उक्त प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार, तेस्रोलाई रु २० हजार र सान्त्वनास्वरुप तीन जनालाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology