• Monday 27th of July 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १६.०४ अङ्कले उकालो लागेर दुई हजार ६५०.७० मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०३ अङ्कले उकालो लागेर ४९९.३३ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने अपेक्षित वृद्धि भएन । कूल २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर रु दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ मा खरिद बिक्री भए ।

कारोबार भएका विभिन्न १३ उपसमूहमध्ये आज तीनको शेयर मूल्यमा गिरावट देखियो भने १० उपसमूहको शेयर भने उकालो लाग्यो । व्यापार १०.५४, जलविद्युत् १३.२९ र वित्त ७.८७ अङ्कले ओरालो लागे । बैंकिङ ६.८१, होटल तथा पर्यटन २०.१७, विकास बैंक ५६.७५, निर्जीवन बीमा ८४.६५, उत्पादन ४९.६३, अन्य २८.६१, लघुवित्त २६.३९, जीवन बीमा २६८.८८, सामूहिक लगानी कोष ०.२ र लगानी ०.५२ अङ्कले उकालो लागे ।

आजको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५८ अर्ब नौ करोड ७० लाख ९२ हजार ४३३ बराबर पुगेको छ । कारोबारका आधारमा प्रभु इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ३३ लाख ४० हजार बराबरको कारोबार भयो ।

नेपाल दूरसञ्चार कम्पनी रु १० करोड ७१ लाख ९६ हजार ५६४, शिवम् सिमेन्ट रु आठ करोड ६२ लाख ३७ हजार ७३८, ज्योति विकास बैंक रु आठ करोड १८ लाख ८३ हजार ३२६ र जीवन विकास लघुवित्त रु आठ करोड पाँच लाख ५२ हजार ७७१ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे । नेप्सेका अनुसार, इमर्जिङ नेपाल ९.९९, राष्ट्र उत्थान लघुवित्त ६.०९, नेपाल लाइफ इन्स्योरेन्स ५.१८, समता घरेलु लघुवित्त ४.७७ र एनएमबी हाइब्रिड फण्ड एकका लगानीकर्ताले २.७६ प्रतिशतले कमाए । सानिमा बैंकको ऋणपत्र २.८६, कालिका पावर कम्पनी २.८१, ङादी ग्रुप अफ पावर २.४४, मैलुङ खोला जलविद्युत् कम्पनी २.३५ र शिव श्री हाइड्रो पावरका लगानीकर्ताले २.१६ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology