• Sunday 26th of July 2026

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा बेलारूसी विपक्षी नेता सिखानुस्कायासँग वार्ता


  • गोकर्णेश्वर अनलाइन

: अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार एयर फोर्स वनमा बेलारूसी विपक्षी नेता स्विटलाना सिखानुस्कायासँग वार्ता गर्दै मानव अधिकारको रक्षा र सम्वर्धनमा बेलारूसी जनताको पक्षमा रहेको बताउनु भएको छ।
“राष्ट्रपति जोसेफ आर. बाइडेन जुनियरले बेलारुसका प्रजातान्त्रिक विपक्षी नेतासँग एयर फोर्स वनमा कुरा गर्नुभयो। उहाँले आज राति वार्सामा आफ्नो सम्बोधनमा उपस्थित भएकोमा उहाँलाई धन्यवाद समेत दिनुभयो। राष्ट्रपतिले बेलारूसी जनताको पक्षमा संयुक्त राज्य अमेरिकाको निरन्तर समर्थनलाई जोड दिनुभएको छ।
अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र र निष्पक्ष निर्वाचन लगायत मानव अधिकारको रक्षा र प्रवर्द्धनमा अमेरिकाले निरन्तर सहयोग गर्ने “ह्वाइट हाउसको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology