• Monday 27th of July 2026

भक्तपुरमा मतदाता एक लाख ८९ हजार


  • गोकर्णेश्वर अनलाइन

भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदान गर्न अधिकार प्राप्त एक लाख ८९ हजार ५८४ मतदाता पुगेका छन् । भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४ र तेस्रो लिङ्गी पाँच गरी कूल एक लाख ८९ हजार ५८४ मतदाता पुगेको आज जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी भीमबहादुर विसीले जिल्लामा भक्तपुर नगरपालिकामा पुरुष २७ हजार ६५६, महिला २९ हजार ६१४ गरी कूल ५७ हजार २७०, सूर्यविनायक नगरपालिकामा पुरुष २२ हजार ९८०, महिला २४ हजार ३८५, तेस्रो लिङ्गी दुई गरी कूल ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा २० हजार ५३१ पुरुष, २१ हजार ३०८ महिला, तेस्रो लिङ्गी तीन गरी कूल ४१ हजार ८४२ र चाँगुनारायण नगरपालिकामा २१ हजार ९८ पुरुष, २२ हजार सात महिला गरी कूल ४३ हजार १०५ मतदाता पुगेको जानकारी दिनुभयो ।

त्यसैगरी निर्वाचन कार्यालयले भक्तपुरमा कूल ७७ मतदानस्थल र २१९ वटा मतदान केन्द्र निर्धारण गरेको छ । जसमा भक्तपुर नगरपालिकामा १६ मतदानस्थल र ६२ वटा मतदान केन्द्र, चाँगुनारायण नगरपालिकामा २१ मतदानस्थल र ५३ वटा मतदान केन्द्र, सूर्यविनायक नगरपालिकामा २३ मतदानस्थल र ५८ वटा मतदान केन्द्र र मध्यपुरथिमि नगरपालिकामा १७ मतदानस्थल र ४६ वटा मतदान केन्द्र निर्धारण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology