• Monday 27th of July 2026

नेप्सेमा दोहोरो अङ्कको गिरावट


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २३.९५ अङ्कले ओरालो लागेर दुई हजार ५४४.३० मा ओर्लेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.६० अङ्कले ओरालो लागेर ४७५.४७ मा ओर्लेको छ । नेप्से ओरालो लाग्दा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल २२८ कम्पनीको ३७ लाख ८७ हजाार ४५ कित्ता शेयर रु एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६८६ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार उपसमूहको शेयर मूल्यमा मात्रै उकालो लागेको छ । व्यापार १७.२६ अङ्कले उकालो लाग्दा बैंकिङ ६.३६, होटल तथा पर्यटन ७९.४९, विकास बैंक १०३.८८, जलविद्युत् ५६.०३, वित्त ५७.५६, निर्जीवन बिमा ३७.३, उत्पादन २७.१२, अन्य २६.२६, लघुवित्त ४५.५५, जीवन बिमा १७६.२९, सामूहिक लगानी कोष ०.१ र लगानी ०.६६ अङ्कले ओरालो लागेको छ ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब १२ अर्ब २७ करोड ३४ लाख ७२ हजार ७४५ बराबर भएको छ । कारोबारका आधारमा इमर्जिङ नेपाल लिमिटेड शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड २३ लाख ८४ हजार २४८ बराबर कारोबार भयो ।

यस्तै एभरेष्ट इन्स्योरेन्स रु आठ करोड ९५ लाख ७७ हजार ३६६, नागरिक लगानी कोष रु सात करोड १५ लाख ६० हजार ६३३, नवील बैंक रु ६ करोड ३० लाख २३ हजार ५५२ र युनियन लाइफ इन्स्योरेन्स रु चार करोड ८४ लाख १३ हजार १५० बराबर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । युनाइटेड इदी मर्दी हाइड्रोपावर ७.९० र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ५.०३ प्रतिशतले कमाए । त्यस्तै नारायणी डेभलपमेन्ट बैंक ४.७९, युनाइटेड मर्दी हाइड्रोपावर ४.५३, युनियन हाइड्रोपावर ४.३९, कर्णाली डेभलपमेन्ट बैंक ४.३६ र सप्तकोसी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.२२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology