• Monday 27th of July 2026

लागूऔषधसहित तीन युवा पक्राउ


  • गोकर्णेश्वर अनलाइन

शिशुवास्थित इलाका प्रहरी कार्यालय र गगनगौडास्थित वडा प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले छ सय एम्पुल लागूऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३० पावरहाउस नजिक सवारी साधन जाँच गर्ने क्रममा तनहुँबाट पोखरातर्पm आउँदै गरेको बसमा सवार नवलपरासी बर्दघाट नगरपालिका–१२ बस्ने २६ वर्षीय अमित शर्मा, वडा नं १३ बस्ने २६ वर्षीय गोपी लोनिया र सोही वडाका २२ वर्षीय प्रदीप बानियाँ पक्राउ परेका हुन् ।

उनीहरुका साथबाट डाइजापाम, फेनेरागन र नुर्पिmन ६०० एम्पुल र एक थान मोबाइल फेला परेको कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदातलबाट लागूऔषधसम्बन्धी मुद्दामा दस दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology