• Saturday 25th of July 2026

जोरपाटी ओरालोमा रहेको गोकर्णेश्वर वर्ल्ड स्कुल मन्टेस्वरी र डेकेयर सेन्टरको खोजिमा रहेका अभिभावकको विकप्ल बन्दै


  • गोकर्णेश्वर अनलाइन

रवि कुमार बरुवाल : गोकर्णेश्वर अनलाईन  समाचार। गोकर्णेश्वर वर्ल्ड स्कुलले प्ले ग्रुपदेखि कक्षा यु.के.जी सम्मको पठन पाठन २०७९ वैशाखदेखि संचालनमा ल्याउने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ जोरपाटी ओरालोमा रहेको स्तुपा स्वास्थ सहकारीले संचालन गरेको स्तुपा कलेजसंगै गोकर्णेश्वर वर्ल्ड स्कुल संचालनमा आउन लागेको हो ।

संस्कार सहितको शिक्षा प्रदान गर्ने उद्धेश्यकासाथ विद्यालय संचालनमा ल्याउन लागेको विद्यालयकि गुठियार रक्षा तिमिल्सिनाले बताउनुभयो ।

यो शैक्षिक सत्रदेखी अन्तरास्ट्रिय स्तरको मन्टेस्वरी प्रणालीमा स-साना नानीबाबुहरुको पढाई हुने तिमिल्सिनाले बताउनुभयो ।

बालबालिकाको चौतर्फी विकासकोलागी अत्याधुनिक शैक्षिक प्रणाली प्रयोग हुने र विद्यार्थीलाई भएरहित वातावरणमा हाँस्दै खेल्दै पठन-पाठन गराउने विद्यालयको तयारी छ ।

यो शैक्षिक सत्रदेखि कक्षा संचालन गर्न विद्यालयले आक्रमक तयारी सुरु गरेको छ । वैशाख १५ देखि कक्षा संचालन गर्ने विद्यालयको तयारी छ ।

गुणस्तरीय शिक्षाका अलावा राम्रो खेल मैदान,स्वादिलो पौस्टिक खाना,अनुभवी शिक्षक शिक्षिकाबाट पठनपाठन हुने भएकाले गोकर्णेश्वर वर्ल्ड स्कुल विद्यार्थी र अभिभावकको रोजाई बन्ने स्कुलका अध्यक्ष सुदर्शन बजगाईले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology