• Monday 27th of July 2026

भूमि व्यवस्थापन सेवालाई थप सहज र पारदर्शी बनाइन्छः मन्त्री श्रेष्ठ


  • गोकर्णेश्वर अनलाइन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन भएको शतवार्षिकीको अवसरमा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

आगामी वैशाख १ गते प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमको आयोजना गरिने छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागअन्तर्गतका सबै भूमि सुधार÷मालपोत कार्यालय र नापी कार्यालयले जग्गा प्रशासनका क्षेत्रमा अहिलेसम्म भए गरेका पछिल्ला सुधारका बारे सूचना तथा जानकारी उपलब्ध गराउने छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशका १२६ कार्यालयबाट सेवा प्रवाह भइरहेको जानकारी दिँदै ती कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई सरल, सहज, पारदर्शी बनाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले भूमि व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाउन कृषि योग्य जमिनको खण्डीकरण नियन्त्रण एवं भूउपयोग नीति तथा ऐनको कार्यान्वयनका लागि आवश्यक योजना र कार्यक्रम तय गरिएको बताउनुभयो । मन्त्री श्रेष्ठले सिन्धुलीको दुधौलीस्थित मुसहर बस्तीमा१०६ भूमिहीन दलित परिवारलाई जग्गा वितरण गरिएको जानकारी पनि दिनुभयो ।

देशमा विसं १९७९ वैशाख १ गतेलिखत रजिष्ट्रेशन पारित भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले रुकुम, बाँके, महोत्तरी र डडेल्धुरामा कार्यालय थप गर्न लागेको समेत बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology