• Monday 27th of July 2026

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूच्क ४.९४ अङ्कले उकालो लागेर दुई हजार ३२५.४५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०६ अङ्कले उकालो लागेर ४४३.१४ मा पुगेको छ । कूल २३१ कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर रु एक अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ बराबरको कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब सात अर्ब ९२ करोड ६८ लाख ५० हजार बराबर पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४.५८, व्यापार १८.७३, वित्त १२.१७, निर्जीवन बीमा ८५.२ र सामूहिक लगानी कोष ०.०५ अङ्कले ओरालो लागेको छ । होटल तथा पर्यटन ३०.९८, विकास बैंक ३५.१२, जलविद्युत् १०.६१, उत्पादन १३.४२, अन्य ३५.८५, लघुवित्त ६.७६, जीवन बीमा ७४.१४ र लगानी ०.३४ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा नेष्डो लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ३६ लाख २७ हजार बराबरको कारोबार भयो । नबिल बैंक रु पाँच करोड नौ लाख ३७ हजार ९४६, सूर्य लाइफ इन्स्योरेन्स रु चार करोड ७० लाख ६९ हजार ९००, एनआइसी एशिया बैंक रु चार करोड २० लाख ६४ हजार ७०४ र हिमालयन डिस्टिलरी रु तीन करोड ६२ लाख ५३ हजार १०६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

कारोबारका आधारमा जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेञ्चर लिमिटेडका शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । समिट लघुवित्त वित्तीय संस्था ७.५९, गणपति लघुवित्त ६.४८ र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ६.०६ अङ्कले उकालो लाग्यो । घलेम्दी हाइड्रोपावर ६.३०, राष्ट्रिय बीमा कम्पनी लिमिटेड ४.२१, आइएमई जनरल इन्स्योरेन्स ३.६९, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ३.५४ र जनरल इन्स्योरेन्स कम्पनी नेपालका लगानीकर्ताले ३.३३ अङ्कले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology