• Sunday 26th of July 2026

भारतमा २४ घण्टामा दुई हजार ५९३ कोरोनाका नयाँ सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

११ वैशाख (रासस÷सिन्ह्वा) : भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म दुई हजार ५९३ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ५७ हजार ५४५ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको यो लगातार पाँचौ दिन हो । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या पाँच लाख २२ हजार १९३ पुगेको छ ।

यहाँ अझै पनि सक्रिय सङ्क्रमित १५ हजार ८७३ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही दिनयताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।

२४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म एक हजार ७५५ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख १९ हजार ४७९ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology