• Saturday 25th of July 2026

भारतमा २४ घण्टामा तीन हजार २७५ जना कोरोनाका नयाँ सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

२२ वैशाख (रासस÷सिन्ह्वा) : भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म तीन हजार २७५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९१ हजार ३९३ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः केही दिनयता नयाँ सङ्क्रतिको सङ्ख्या तीन हजार नाघ्न थालेको छ । थप एक दिनमा भएका कोरोनाका नयाँ सङ्क्रमतिमध्ये ४१ प्रतिशत दिल्लीका रहेका समाचारमा जनाइएको छ । कुल सङ्क्रमितमा एक हजार ३५४ जना दिल्लीमा रहेका छन् । हाल राष्ट्रिय राजधानी दिल्लीमा पाँच हजार ८५३ सक्रिय सङ्क्रमित रहेका छन् ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५५ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ९७५ पुगेको छ । भारतभरि अझै पनि सक्रिय सङ्क्रमित १९ हजार १३७ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेका छन् । २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म तीन हजार १० जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ४७ हजार ६९९ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology