• Monday 27th of July 2026

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिनुभयो ।

रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नंको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपलिका–४ तार्केबाङ नजिक शनिबार साँझ दुर्घटना हुँदा उहाँको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

कच्ची, साँघुरो र चिप्लो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology