• Monday 27th of July 2026

नेप्से परिसूचकको उकालो यात्रा जारी


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.०३ अङ्कले उकालो लागेर दुई हजार २३९.६० मा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३९ अङ्कले उकालो लागेर ४३६.४७ मा पुगेको छ ।

कूल २२२ कम्पनीका २३ लाख २४ हजार ६६५ कित्ता शेयर रु ८८ करोड ९८ लाख ३४ हजार ९०८ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा मेगा बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु पाँच करोड ४२ लाख १४ हजार ४६२ बराबरको कारोबार भयो । त्यस्तै अरुण काबेली पावर रु चार करोड चार लाख २२ हजार ३५, नबिल बैंक रु तीन करोड ५७ लाख ४२ हजार ७८३, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी रु दुई करोड ८३ लाख २३ हजार ५१७ र जाल्पा सामुदायिक लघुवित्तको रु दुई करोड २९ लाख ४४ हजार ३८८ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।

नेप्सेका अनुसार मेगा बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै नारायणी डेभलपमेन्ट बैंक ६.२०, कुमारी इक्विटी फण्ड ५.२६, ग्रीन लाइफ हाइड्रोपावर ४.०३ र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले ३.५३ प्रतिशतले कमाए ।

त्यस्तै गुराँस लघुवित्त ५.४७, सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड ३.७६, रुरु जलविद्युत् परियोजना ३.६१, माउण्टेन इनर्जी नेपाल ३.५५ र रिलायन्स फाइनान्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology