• Monday 27th of July 2026

जोखिममा रहेका हिमतालको पानीको सतह घटाइने


  • गोकर्णेश्वर अनलाइन

सरकारले जलवायु परिर्वतनको असरबाट जोखिममा रहेका चारवटा हिमतालको पानीको सतह घटाउने भएको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा तल्लो तटीय क्षेत्रका लागि जोखिममा रहेका सोलुखुम्बुका दुई, मनाङको एक र संङ्खुवासभाको एक हिमतालको पानीको सतह घटाउने जनाएको हो ।

यसैगरी जलवायु परिवर्तनका असरसँग जुध्नका लागि अनुकूलनका कार्यहरू सञ्चालन गर्ने, हरेक अर्थतन्त्रका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने, शून्य कार्वन रणनीति कार्यान्वयन गर्ने, जलवायु परिवर्तनका सम्बन्धमा राष्ट्रिय–अन्तराष्ट्रियरूपमा गरिएका प्रतिबद्धता कार्यान्वयन गरिने बजेटमा उल्लेख छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आज पेश गर्नुभएको आगामी आवको बजेटमा विपद्का कारण हुने मानवीय र भौतिक क्षतिको न्यूनीकरण गर्न प्रदेशसँग सहकार्य गरेर प्रभावकारी कार्यक्रम अघि बढाइने उल्लेख छ । यसका लागि पूर्वचेतावनी र आकलन गर्ने मौसमी प्रणाली लागू गर्ने बजेट जनाइएको छ । आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology