• Monday 27th of July 2026

नेप्से परिसूचक घट्ने क्रम रोकिएन


  • गोकर्णेश्वर अनलाइन

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको शेयर आज पनि घट्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३३.७६ अङ्कले ओरालो लागेर दुई हजार ७८.७० मा सिमित भएको छ ।

यस्तै, ठुला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७.१८ अङ्कले ओरालो लागेर ४०३.४८ मा ओर्लिएको छ । कूल २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर रु एक अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ मूल्यमा कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ २४.७, व्यापार ४४.८४, होटल तथा पर्यटन २३.५, विकास बैंक ५६.६८,, जलविद्युत् ३१.९३, वित्त २१.२१, निर्जीवन बीमा १६७.१५, उत्पादन ८ड.८७, अन्य १२.५९, लघुवित्त ६२.८२, जीवन बीमा २३६.६५, सामूहिक लगानी कोष ०.२६ र लगानी १.३२ अङ्कले आरोलो लागेको छ ।

नेप्से परिसूचक ओरालो लाग्ने क्रम नरोकिदा बजार पूँजीकरणमा त्यसको प्रभाव परेको छ । शुक्रबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ५९ अर्ब ४८ करोड ६३ लाख ४९ हजार ७२८ बराबर भएको छ ।

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड २३ लाख ५५ हजार ६८८ बराबरको कारोबार भयो । त्यस्तै, नागरिक लगानी कोष रु चार करोड दुई लाख, हिमालयन डिस्टिलरी रु तीन करोड ८४ लाख १६ हजार ३९४, अपि पावर कम्पनी रु तीन करोड ७१ लाख ५९ हजार ४४६, नबिल बैंक रु तीन करोड ६६ लाख ७४ हजार ४२५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रो पावर ९.९८, गणपति लघुवित्त २.३५, अजोड इन्स्योरेन्स १.८० र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले १.१५ अङ्कले गुमाए । त्यस्तै, किसान लघुवित्त ८.९५, उन्नती सहकार्य लघुवित्त ४.६५, प्रोगेसिभ फाइनान्स ४.६०, लिवर्टी इनर्जी ४.४४ र एशियन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ४.३१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology