• Monday 27th of July 2026

विश्व वातावरण दिवस : दुई सय औषधिजन्य विरुवा रोपियो


  • गोकर्णेश्वर अनलाइन

विश्व वातावरण दिवसको अवसरमा भीमदत्त नगरपालिकाको परखेडीस्थित सरस्वती माध्यमिक विद्यालयको परिसरमा आज औषधिजन्य २०० विरुवा रोपिएका छन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार विद्यालय परिसरमा हर्राे, बर्राे, अमला, तेजपात, बोटलव्रस र पारिजातका गरी २०० विरुवा रोपिएका हुन् । ‘पृथ्वीको संरक्षण, दीगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नाराका साथ मनाइएको दिवसका क्रममा गरिएको वृक्षारोपण कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी, डिभिजनल वन अधिकृत शम्भुप्रसाद तिवारी, नेपाली सेनाका प्रमुख सेनानी नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक लगायत सहभागिता थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology