• Monday 27th of July 2026

हिमाली क्षेत्रमा निःशुल्क सोलार वितरण


  • गोकर्णेश्वर अनलाइन

केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका ५० घरधुरीलाई सौर्य ऊर्जा ( सोलार)बाट विद्युत् पाएका छन् ।

डोल्पोबुद्ध गाउँपालिका–६ का १२८ घरधुरीमा ५० वाटको सोलार जडान गरिएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले जानकारी दिनुभयो  । कादुरी नामक संस्थाको सहयोगमा वडाका सम्पूर्ण घरधुरीलाई निःशुल्क सोलार प्रदान गरिएको उहाँले बताउनुभयो । संस्थाले सोलार खरिद गरिदिएर जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरसम्म ढुवानी गरिदिएको थियो । यसपछि स्थानीय आफैँले सोलार ढुवानी गरेका थिए । सोलारले दैनिकीमा सजिलो भएको स्थानीयवासी सेनाङ लामाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology