• Saturday 25th of July 2026

भारतमा सत्र हजारभन्दा बढी कोरोना सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । एक दिन अगाडी भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका बिहीबार जनाइएको थियो ।

हाल भारतमा ८८ हजार २८४ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.२० प्रतिशत हो ।

पछिल्लो एक दिनमा तेह्र हजार २९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ४९ हजार ५६ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.५९ प्रतिशत रहेको छ ।

कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९०० भन्दाबढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ७७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ९८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology