• Sunday 26th of July 2026

प्रतितोला रु ३०० ले घट्यो सुनको मूल्य


  • गोकर्णेश्वर अनलाइन

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार ५०० कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology