• Sunday 26th of July 2026

बढ्यो सुनको मूल्यः चाँदीको स्थिर


  • गोकर्णेश्वर अनलाइन

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९४ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला रु २००ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार १८५ कायम रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology