• Saturday 25th of July 2026

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, ३ को मृत्यु, २ घाइते


  • गोकर्णेश्वर अनलाइन

लस एन्जेलस, २७ असार (रासस÷सिन्ह्वा) – अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।

देशको क्यालिफोर्नियामा आइतबार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्थानीय समय अनुसार राती १२ ४५ बजे घटना भएको हो । आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेको थियो । ती मध्ये तीन पुरुषको मृत्यु भएको छ भने घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

अमेरिकामा गोली प्रहारका घटना निरन्तर हुन थालेका छन् । गोली प्रहारका घटना निरन्तर हुन थालेपछि बन्दुक सम्बन्धी विद्यमान कानुनलाई संशोधन गर्नुपर्ने आवाज बढ्दै गएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology