• Sunday 26th of July 2026

तनहुँमा थपिए ४८८४ नयाँ मतदाता


  • गोकर्णेश्वर अनलाइन

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी तनहुँमा एक महिनाको अवधिमा चार हजार ८८४ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि स्थगित भएको मतदाता नामावली सङ्कलन असार १ गतेदेखि पुनः सुचारु भएको थियो ।

एक महिनाको अवधिमा दुई हजार २९८ महिला र दुई हजार ४७८ पुरुष गरी चार हजार ७७६ तनहुँका नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै बाहिरी जिल्लाका एक सय आठ मतदाता पनि निर्वाचन कार्यालयमार्फत् थपिएका छन् ।

मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण देखिएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । “फोटोसहितको मतदाता नामावली दर्ता गरी मताधिकार सुरक्षित गर्न सर्वसाधारणमा आकर्षण देखिएको छ”, उहाँले भन्नुभयो, “दैनिकजसो कार्यालयमा भीड हुन्छ ।”

मतदाता नामावली दर्ताका लागि विभिन्न पालिकाबाट सर्वसाधारण बस रिजर्भ गरेर आउने गरेका छन् । तनहुँमा हालसम्म दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । विसं २०७९ साल वैशाख २९ गतेसम्म एक लाख १७ हजार १३४ पुरुष र १२७ हजार दुई ६०० छ मतदाता छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology