• Saturday 25th of July 2026

इरानमा कोभिडको सातौँ लहर


  • गोकर्णेश्वर अनलाइन

इरानका स्वास्थ्यमन्त्रीले देशमा कोभिड १९ सातौँ लहर आएको जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्।

आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले सबै इरानीहरुलाई कोभिड खोपको बुस्टर मात्रा लिन र महामारीबाट बच्नका लागि आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन्।

स्वास्थ्यमन्त्री बहरामले आइतबार पाँच हजार ७०० भन्दा बढी नागरिकमा कोभिडको सङ्क्रमण देखा परेको र १३ जनाको ज्यान गएको बताएका छन्।

ती नयाँ संक्रमितहरुमध्ये ६ सयभन्दा बढीलाई अस्पताल भर्ना गर्नु परेको जानकरी पनि उनले दिएका छन् । इरानमा अहिलेसम्म ७२ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने एक लाख ४१ हजारभन्दा बढी नागरिकको ज्यान गइसको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology