• Sunday 26th of July 2026

अदालतबाट २३ लाख जरिवाना ठहर भएका व्यक्ति पक्राउ


  • गोकर्णेश्वर अनलाइन

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु २३ लाख १४ हजार २५० जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनले रु २३ लाख १४ हजार २५० नगद र पाँच दिन कैद सजाय ठहर गरेका कास्कीको पोखरा महानगरपालिका–१७ घर भई हाल काठमाडौँको बाफल बस्दै आएकी ४२ वर्षीय निशा गुरुङलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ गुरुङले कुमारी बैंक लिमिटेड दरबारमार्ग शाखाको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै चेक दिएर बैंकिङजन्य कसुर गरेकाले आज टोखाबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

अदालतले पक्राउ परेकी निशालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उक्त फैसला गरेको थियोे । पक्राउ परेकी निशालाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology