• Saturday 25th of July 2026

२९ अर्ब बढी राजस्व सङ्कलन


  • गोकर्णेश्वर अनलाइन

बाँकेमा सङ्घीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ मा साँढे २९ अर्ब बढी राजस्व सङ्कलन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाँकेको तथ्याङ्कअनुसार, सङ्घीय सरकारतर्फ रु २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार सात सय ९२ र प्रदेश सरकारतर्फ रु एक अर्ब एक करोड ४५ लाख ६८ हजार पाँच सय ८४ राजस्व सङ्कलन भएको हो । सङ्घ र प्रदेश गरी बाँकेमा आव २०७८÷७९ मा २९ अर्ब ६५ करोड ८५ लाख १५ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology