• Saturday 25th of July 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ३० अङ्कले उकालो लागेर एक हजार नौ सय ३४ दशमलव शून्य चार अङ्कमा उक्लेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८३ अङ्ककले उकालो लागेर तीन सय ७६ दशमलव १७ मा पुगेको छ । कूल दुई सय ३१ कम्पनीको ३१ लाख ४६ हजार नौ सय ९६ कित्ता शेयर रु ९२ करोड २५ लाख ७४ हजार चार सय १० मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार मङ्गलबार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको हो । बैंकिङ १० दशमलव ९१, व्यापार २७ दशमलव ५९, होटल तथा पर्यटन २९ दशमलव ९२, विकास बैंक ६० दशमलव शून्य तीन, जलविद्युत् २० दशमलव ७८, वित्त ३४ दशमलव ११, निर्जीवन बीमा ५८ दशमलव ७७, उत्पादन ९० दशमलव ६५, अन्य १५ दशमलव ८२, लघुवित्त ५३ दशमलव ५८, जीवन बीमा ९६ दशमलव २२, सामूहिक लगानी कोष शून्य दशमलव ११ र लगानी शून्य दशमलव ९५ अङ्कले उकालो लागेको छ ।

मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ७४ अर्ब १७ करोड ५१ लाख २५ हजार नौ सय ५३ बराबर भएको छ । कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु पाँच करोड ९४ लाख ८९ हजार दुई सय ४५ बराबरको कारोबार भयो ।

यस्तै रिडी हाइड्रो पावर रु पाँच करोड ६३ लाख १० हजार छ सय ७३, हिमालयन एभरेष्ट इन्स्योरेन्स रु तीन करोड ८४ लाख २७ हजार एक सय ८५, अरुण काबेली पावर रु तीन करोड ७३ लाख नौ हजार दुई सय ३० र अपि पावर कम्पनी रु दुई करोड १७ लाख १२ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत् कम्पनी सात दशमलव ७६, सानिमा लार्ज क्याप फण्ड छ दशमलव ६७, युनिभर्सल पावर कम्पनी चार दशमलव ६७ र रिभर फल्स पावरका लगानीकर्ताले चार दशमलव २४ प्रतिशतले कमाएका छन् ।

नेपाल बैंकको ऋणपत्र नौ दशमलव ५९, सामुदायिक लघुवित्त दुई दशमलव १०, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो एक दशमलव ६९, युनाइटेड इदी मर्दी हाइड्रोपावर एक दशमलव ६२ र नवील ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले एक दशमलव ४० प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology