• Saturday 25th of July 2026

जुत्ता पसलमा आगलागी


  • गोकर्णेश्वर अनलाइन

भरतपुर महानगरपालिका–३ मा रहेको जुत्ता पसलमा आगलागी भएको छ । कमलनगरस्थित ओम व्याकेन सुज हाउसमा गए राति आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति विद्युत् सट भई आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका जुत्ता, चप्पल पूर्णरूपमा क्षति भएको छ । आगो स्थानीय, दमकल र प्रहरीको सहयोगमा १२ बजे नियन्त्रणमा लिइएको थियो । क्षतिको पूर्णविवरण आउन बाँकी रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology