• Saturday 25th of July 2026

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि


  • गोकर्णेश्वर अनलाइन

मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमबल ६२ अङ्कले उकालो लागेर एक हजार आठ सय ९८ दशमलब ३८ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलब ७८ अङ्कले उकालो लागेर तीन सय ७२ दशमलब २१ मा पुगेको छ । कूल दुई सय २४ कम्पनीको २५ लाख ३३ हजार तीन सय ९३ कित्ता शेयर रु ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० मूल्यमा कारोबार भयो ।

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भए पनि कारोबार रकममा भने प्रगति हुन नसकेको कारोबारबाट देखिन्छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । जीवन बीमा, विकास बैंक, निर्जीवन बीमा, लघुवित्त र उत्पादन उपसमूहको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

आइतबारको कारोबारपछि कूल पूँजीकरण रु २७ खर्ब २८ अर्ब ५५ करोड २० लाख ६० हजार दुई सय २२ बराबर कामय भएको छ । नेप्सेका अनुसार, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड ६९ लाख ८१ हजार सात सय ४४ बराबरको कारोबार भएको छ ।

नबिल बैंक रु तीन करोड ५१ लाख ९८ हजार चार सय २९, हिमालयन डिस्टिलरी रु दुई करोड ३१ लाख ४४ हजार पाँच सय ७१, अपि पावर कम्पनी रु एक करोड ८९ लाख १७ हजार दुई सय ६९ र शिवम् सिमेन्टको रु एक करोड ७७ लाख ८४ हजार दुई सय ५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार, सप्तकोसी डेभलपमेन्ट बैंक नौ दशमलब ९५, उपकार लघुवित्त नौ दशमलब ८४, गुह्यश्वरी मर्चेन्ट बैंक आठ दशमलब ७०, मितेरी डेभलपमेन्ट बैंक आठ दशमलब २३ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सात दशमलब ९७ प्रतिशतले कमाएका छन् ।

यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक चार दशमलब ४८, आरबीबी म्युचुअल फण्ड एक एक दशमलब ९७, सिद्धार्थ यन्भेस्टमेन्ट ग्रोथ स्किम एक दशमलब ९६, सिटिजन म्युचुअल फण्ड एक एक दशमलब ८३ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले एक दशमलब ८० प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology