• Saturday 25th of July 2026

तारकेश्वरमा ३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारबाही


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँको तारकेश्वर नगरपालिकाले ३५ दिनभित्र अनिवार्य व्यवसाय दर्ता नगरे त्यस्ता व्यवसायीलाई कारबाही गर्ने भएको छ ।

तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले आज एक विज्ञप्ति जारी गरी तारकेश्वरभित्र व्यापार व्यवसाय गर्ने कतिपय व्यवसायीले नगरपालिकाभित्र व्यवसाय दर्ता नगरेको पाइएकाले ३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारबाही गर्ने बताउनुभयो । “नगरपालिकाले अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम नियमानुसार जरिवाना असुल गरिनेछ”, नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तारकेश्वर नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम व्यवसाय दर्ता सम्बन्धमा चालु आर्थिक वर्ष २०७९÷८० मा हाल एकपटकका लागि चालू आव २०७९÷८० भरी यसभन्दा अगाडि व्यवसाय सञ्चालन गरी नियमअनुसार वडा कार्यालयमा दर्ता नभएका सम्पूर्ण व्यवसायलाई चालु आवलाई नै आधार वर्ष मानी व्यवसाय दर्ता गरिने बताइएको छ । व्यवसाय नवीकरणका सम्बन्धमा भने यसभन्दा अगाडि दर्ता भएका तथा समयमा नवीकरण नभएका व्यवसायको हकमा नवीकरणमा लाग्ने जरिवानामा ५० प्रतिशत हुन आउने रकम छुट दिने भएको छ ।

तोकिएको आवभित्र दर्ता तथा नवीकरण नभएका व्यवसायीको हकमा नगरपालिकाले आव २०७२/७३ लाई नै आधार वर्ष मानी कर तथा जरिवाना रकमसमेत असुल गरिने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology