• Saturday 25th of July 2026

कुलेखानीमा जिप दुर्घटना : एकको मृत्यु, छ घाइते


  • गोकर्णेश्वर अनलाइन

हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डको इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा आज दिउँसो २ः४५ बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना१ज ४४४६ नं को सुमो जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीले दिएको जानकारीअनुसार चालकसहित सात जना यात्रा गरेकामा घाइते छ जनाको उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको र गम्भीर पाँचको थप उपचारका लागि काठमाडौँ लगिएको छ । सुमो चालकको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology