• Tuesday 8th of September 2026

मलेसियामा एक दिनमा कोभिड १९ बाट बाह्र सय भन्दा बढी सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

मलेसियामा बुधबार मध्यरातसम्म एक हजार दुई सय ४१ जना थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भेटिएपछि कुल सङ्क्रमितको सङ्ख्या ५० लाख १३ हजार सात सय २४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

ती मध्ये तीनवटा आयातित केसहरू रहेका र एक हजार दुई सय ३८ जना स्थानीय नै भएको मन्त्रालयको वेबसाइटमा जारी गरिएको तथ्याङ्कले जनाएको छ ।यस समयमा कोरोना सङ्क्रमणको कारण थप छ जनाको मृत्यु भएपछि कोरोनाबाट भएका कुल मृतकको सङ्ख्या ३६ हजार सात सय ८४ पुगेको छ ।

यस अवधीमा एक हजार पाँच सय ६७ जना कोरोना मुक्त भएपछि कोभिड–१९ मुक्त भएकाहरुको कुल सङ्ख्या ४९ लाख ५९ हजार सात सय २५ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology