• Saturday 25th of July 2026

उपरथी शाहीलाई ब्यारेकमै बस्न निर्देशन


  • गोकर्णेश्वर अनलाइन

सैनिक मुख्यालय जङ्गी अड्डाले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई केही समय ब्यारेकमै बस्ने निर्देशन दिएको छ ।

उहाँमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । विभिन्न जिम्मेवारीमा रहँदा उपरथी शाहीबाट आर्थिक अनियमिता भएको भन्ने उजुरीका आधारमा जङ्गी अड्डाले छानबिन गरिरहेको छ ।

प्रवक्ता भण्डारीले भन्नुभयो, “विगतदेखि नै आर्थिक अनियमितासँग जोडिएर प्रश्न उठेपछि निष्कर्षमा पु¥याउन पर्ने भएकाले उहाँलाई केही समय ब्यारेकमै बस्न निर्देशन भएको हो ।” उपरथी शाहीको सेवा अवधिसम्बन्धी अदालतको निर्णय र छानबिनसँग कुनै सम्बन्ध नरहेको पनि सेनाले स्पष्ट पारेको छ । भोलि पुस २० गतेदेखि अवकाशमा जान लाग्नुभएका उपरथी शाहीले आफ्नो अवकास हुने उमेर फरक परेको भनी अदालतमा निवेदन दिनुभएकामा माग अनुरुप अदालतबाट अन्तरिक आदेश भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology