• Saturday 25th of July 2026

हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा


  • गोकर्णेश्वर अनलाइन

कर्तारपुर, पाकिस्तान, २५ कात्तिक (रासस -एएफपी) : शिख समुदायका सयौं भारतीयले शनिबारदेखि पाकिस्तानको ऐतिहासिक तीर्थयात्रा शुरु गरेका छन् । ती भारतीय शिखहरु सन् १९४७ मा भारत र पाकिस्तानको विभाजनपछि दुई देशबीचको ऐतिहासिक सम्झौताअनुसार आफ्नो धर्मको सबैभन्दा पवित्र स्थलमा पुगेका हुन् । शिख धर्मका संस्थापक गुरु नानकको तीर्थस्थल भारत–पाकिस्तान सीमाबाट चार किलोमिटर भित्र पाकिस्तानमा रहेको एउटा सानो शहर कर्तारपुरमा अवस्थित छ । यस स्थानमा गुरु नानकको मृत्यु भएको थियो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कर्तारपुर भ्रमणका लागि भारतीय शिखलाई पाकिस्तान आउन निःशुल्क प्रवेशाज्ञा दिने घोषणा गर्नु भएको थियो । यस घोषणापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको संवेदनशीलतालाई बुझी प्रधानमन्त्री खानले गर्नु भएको सहयोगका लागि धन्यवाद दिनु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology