• Saturday 25th of July 2026

अमेरिकी राष्ट्रपति कार्टर अस्पताल भर्ना


  • गोकर्णेश्वर अनलाइन

वासिङ्टन, २६ कात्तिक (रासस÷सिन्ह्वा) : अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ । पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ । इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएकोे चिकित्सकहरुले जनाएका छन् । उहाँ यसअघि यही अक्टोर २२ तारिखका दिन पनि अस्पताल भर्ना हुनुभएको थियो । त्यतिबेला उहाँलाई जर्जिया स्थित आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल लगिएको हो । अमेरिकाको ३९औँ राष्ट्रपति कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको नेतृत्व गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology