• Saturday 25th of July 2026

हवाई कारबाहीमा चौध तालिबान लडाकू मारिए


  • गोकर्णेश्वर अनलाइन

३ मङ्सिर (रासस÷सिन्ह्वा) : अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको हवाई कारबाहीमा परी तालिबानका कमाण्डरसहित १४ जना मारिएका स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ । कुन्दुज प्रान्तको आर्ची जिल्लाको काररुक क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध भएको सो कारबाहीका क्रममा १४ तालिबान लडाकू मारिएका प्रान्तीय प्रहरीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । मारिएका ती तालिबान सदस्यमा एक स्थानीय कमाण्डरसमेत रहेका सो विज्ञप्तिमा जनाइएको छ । मारिएका ती आतंककारीहरूले सरकार विरोधी गतिविधिका क्रममा सो. जिल्लाको कार्यालय भवन, सैन्य परिसर र अन्य सार्वजनिक सुविधाहरुलाई उथलपुथल गर्ने कार्यमा संलग्न रहेका थिए । अफगान सुरक्षाबलले हालै तालिबानी लडाकूविरुद्धको सुरक्षा अभियानलाई थप बलिया बनाएका छन् । तालिबान लडाकू समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology