• Tuesday 8th of September 2026

कोलम्बियाको सिमाना बन्द गर्ने निर्णय


  • गोकर्णेश्वर अनलाइन

४ मङ्सिर (रासस÷सिन्ह्वा) : कोलम्बिया सरकारले सिमानाका बन्दको घोषणा मङ्गलबार गरेको छ । अन्य देशसँगको आवाजजावत बन्द गर्नेगरी बिहीबार नाकाबन्दी घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् । अध्यागमनका अधिकारीहरुले दिएको जानकारीअनुसार इक्वेडर, पेरु, ब्राजिल र भेनेजुएलासँगको सीमा क्षेत्रका नाकाबन्द गरिएको हो । राष्ट्रिय हित, सुरक्षा र राष्ट्रिय रणनीतिअनुसार नाकाबन्दीको घोषणा गरिएको उच्च अधिकारीहरुको भनाई छ ।नाकाबन्दीका बेला कुनै पनि अकल्पनीय अप्रिय घटनाहरु हुन नदिनका लागि सीमा क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मीहरु परिचालन गरिने कोलम्बिया अध्यागमन विभागका महानिर्देशक क्रिस्चियन क्रुगरले जानकारी दिनुभयो । बिहीबार हुने कार्यक्रममा विद्यार्थी, सामाजिक तथा राजनीतिक संघ संगठनलगायत सहभागी हुनेभएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology